भाइले कुट्दा दाइको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र २०, बिहीबार १५:५५
प्रकासित समय : १५:५५
दाङ, दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।
बिहीबार बिहान ६ बजे घाइते प्रेमको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइतेको श्वासनली र गर्दनमा गहिरो चोट छ । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

