कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड सहयोग

काठमाडौंं,कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम सहयोग गरेको हो  निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयानुसार नै बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ५० करोड रुपैयाको चेक हस्तान्तरण गरिएको निगमले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।