कोरोनाले देशभरकै विकास निर्माणमा धक्का, विकास गति ठप्प
प्रकासित मिति : २०७६ चैत्र २०, बिहीबार ०७:५५
प्रकासित समय : ०७:५५
काठमाडाैँ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।
कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।