आगलागी पिडित कार्कीलाई सिसहनियाँ उवासंघद्वारा राहत रकम सहयोग
भालुवाङ, दाङ दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित रमेश कार्कीलाई सिसहनियाँ उद्योग वाणिज्य संघले बुधबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । संघका अध्यक्ष शान्तराज भण्डारी र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आगलागी पिडित रमेश कार्कीलाई संघको दैवी उद्वार राहत कोष मार्फत नगद ५ हजार रूपैयाँ प्रदान गरेका छन् ।
उद्योग,व्यापारीहरूलाई विपद परेका बेला संघले राहत दिदै आएको छ । संघका अध्यक्ष भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रमको सहजीकरण संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए । पिडित कार्कीको किराना पसलमा मंगलबार राती ८स्१५ बजेको समयमा आगलागी भएको थियो ।
आगलागीबाट किराना पसलका सामान जलेर खरानी भएको थियो । भने पसल भित्र रहेको मोटरसाइकल र पसलमा रहेको नगद २ लाख रूपैयाँ समेत गरि लाखौँको क्षति भएको थियो । विधुत सट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगोलाई स्थानीयबासी,प्रहरी र दमकलको सहायतामा ९ः३० बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट कति क्षेती भयो भन्ने विषयमा विवरण आउन भने अझै पनि बाँकी रहेको प्रहरीले बताएको छ ।