लकडाउन उल्लंघन गर्ने करिब १२ सय पक्राउ

काठमाडौं, सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिएकाहरुलाई केहीबेर सोही ठाउँमा राखेर सम्झाइ–बुझाइ छाडिने गरेको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि आग्रह गरे ।