कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली क्वारेन्टाइनमा

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा क्वारेन्टाइनमा राखेको हो ।

“राति नेपाल छिर्न खोजेछन् । हामीले पक्राउ गरेर बैजनाथ स्कूलमा क्वारेन्टाइनमा राखेका छौं,” कञ्चनपुरका प्रुमख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने ।

कञ्चनपुर प्रवेशमा कडाइ, दशगजामा ६८ नेपाली अलपत्र  सशस्त्र प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका थिए । उनीहरु सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल हिँडेर सीमा क्षेत्रमा पुगेका थिए ।