निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री
भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै गएर राहत प्रदान गरेको हो । चेम्बरका अध्यक्ष कुमार अधिकारी, प्रथम उपाध्यक्ष मनु बेल्वासे,दोस्रो उपाध्यक्ष चित्रबहादुर केसी,सचिव गोपाल खत्रीले आश्रमकी कर्मचारी तुल्सरा विसीलाई सो राहत सामाग्री जिम्मा लगाएका हुन् ।
चेम्बरले आश्रमलाई २ बोरा चामल,१ बोतल खाने तेल र ५ केजी दाल प्रदान गरेको छ । राहत वितरण कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी,उपाध्यक्ष युवराज सेन,सदस्य रमेश गौतम, निल सागर सेवा आश्रमका छविलाल विएम र चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियोे ।