बाँकेमा चारजनाको रिपोर्ट नेगेटिभ
प्रकासित मिति : २०७६ चैत्र १७, सोमबार १२:२०
प्रकासित समय : १२:२०
नेपालगन्ज क्वारेन्टाइनबाट गत शनिबार काठमाडौ चेकजाँचका लागि पठाइएका चारजनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ ।
कोरोना भाईरस संक्रमणको आशंकामा नेपालगन्ज क्वारेन्टाइनमा रहेका १० जनाको ‘थ्रोट स्वाब’ परिक्षणका उनिहरुको नमुना काठमाडौ पठाइएको र ती मध्ये आज बिहान ४ जनाको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा हालसम्म पटक पटक गरेर २३ जनाको नमुना परिक्षण गर्न पठाइएको र ती मध्येका १७ जनाको नेगेटिभ रिपोर्ट आएको श्रेष्ठले जानकारी दिए । बाँकि छ जनाको रिपोर्ट पनि आज दिउँसो सम्म आउने उनले बताए ।
हालसम्म ‘थ्रोट स्वाब’ जाँच गर्ने सुबिधा नेपालगन्ज नभएकाले काठमाण्डौं पठाउनुपर्ने बाधयता छ । जसले गर्दा रिपोर्ट आउनमा केही समय लाग्ने उनले बताए ।