अलपत्र १३ विदेशी नागरिकको उद्धार
प्रकासित मिति : २०७६ चैत्र १७, सोमबार ११:४७
प्रकासित समय : ११:४७
काठमाडौं,लुक्लामा अलपत्र परेका १३ विदेशी र एक जना नेपालीको उद्धार गरिएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गरेर उनीहरुलाईसोमबार बिहान काठमाडौं ल्याइएको हो । नेपाल पर्यटन बोर्डका अनुसार निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण गरेको थियो ।
उद्धार गरिएका उनीहरुलाई ठमेलको होटलमा पुर्याइएको बोर्डले जानकारी गराएको छ । बोर्डका अनुसार सोलुखुम्बुको लुक्लामा अलपत्र अन्यको उद्धार गर्न आजै केही उडानहरू त्यता जाने तालिका रहेको छ।