बाँकेको जानकी गाउँपलिकामा बन्यो २५ शैयाको क्वारेन्टाइन

नेपालगन्ज,बाँकेको जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन निमार्ण गरिएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुर रहेको बिद्यालयमा क्वारेन्टाइन निमार्ण भएको हो ।

क्वारेन्टाइन निर्माण भएसंगै उपाध्यक्ष भुमिसरा धिताल लगायतकाे टाेलीले अबलाेकन गरेकाे छ । क्वारेन्टाइनमा  एकजना भारतको मुम्बईबाट आएका  युवालाई राखिएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन । उपाध्यक्ष धितालका अनुसार भोलीसम्मा १५ जनालाई राख्नै योजना रहेको छ ।

२५ शैयाको क्वारेन्टाइन निमार्ण भैसकेपछि गाउँपालिकाकाले आबश्यक्ताअनुसार डाक्टर राख्ने नियमित परिक्षण चेकजाँच गर्ने समेत बताएको छ । 

क्वारेन्टाइलाइ वार्ड अध्यक्ष रमेश बर्मा,विश्राम बर्मा लगायतले निरन्तर अवलोकन गर्ने बताइएकाे छ  ।