बाँकेमा कोरोना परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, बाँकेमा कोरोना ( कोभिड १९) परीक्षणको नमूना संकलन भएका सबै रिपोर्ट नेगेटिभ रहेको बताइएकाे छ । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरि ६ जनाको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको परीक्षणमा नेगेटिभ आएको हाे ।
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल पुगेकी १९ बर्षिया युवतीमा कोरोना भएको पुष्टि भएपछि उनीसँगै आएका बाँकेका चारजनाको पहिचान गरि चैत १२ देखि क्वारेन्टाईनमा राखिएको थियाे । अहिलेसम्माका सबै रिपाेर्टहरू नेगेटिभ भएकाे भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए । ।
डा.पाण्डेका अनुसार नेपालगञ्जबाट हालसम्म २३ जनाको नमूना संकलन गरि परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएका १० जनाको स्वाबको नतिजा आउन बाँकी छ ।