पत्रकारलाई पास दिने महासंघ बाँकेको निर्णय

कोरोना भाईरसको आतंकका बिच समाचार संकलनमा खटिने पत्रकारहरुलाई पास उपलब्ध गराईने भएको छ । आईतबार बसेको सुरक्षा समितिको बैठकले पास दिएर मात्र पत्रकारहरुलाई फिल्डमा खटाउने निर्णय गरेपछि पत्रकार महासंघ बाँकेले यस्तो निर्णय गरेको हो । महासंघेले टिभीको हकमा २ तथा दर्ता भएको अनलाईन र एफएम रेडियो हकमा १ जनालाई पास दिने बताएको छ ।

आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सम्बन्धित संचारगृह तथा पत्रकारलाई पासकोलागी पत्रकार महासंघमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । साथै पत्रकार आचारसंहिता अनुसार समाचार संकलन तथा प्रकाशन गर्न समेत महासंघले आग्रह गरेको छ ।

महासंघले राज्यले तय गरेको नितिलाई अक्षरस पालना गदै शुरक्षित तवरले समाचार संकलन गर्न समेत सबै पत्रकारलाई अपिल समेत गरेको छ ।