तपाइको आजको राशिफल यस्तो छ

२०७६, चैत्र १६ गते आइतबार

मेष : दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।

वृष : दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महŒवपूर्ण काम गरिनेछ ।

मिथुन : दिन प्रतिकूल छ । काममा बाधा अड्चन आउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

कर्कट : दिन अनुकूल छ । काममा तीव्रता बढ्नेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन्। महत्‍वपूर्ण काम हात लाग्नेछ ।

सिंह : दिन उत्तम छ । वैदेशिक भ्रमण हुनेछ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आत्मबल बढ्नेछ ।

कन्या : दिन सार्थक छ । धर्मकर्मतिर मन जानेछ । स्वास्थ्य निकै तन्दुरुस्त हुनेछ । अरुबाट सहयोग पाइनेछ । मनमा शान्ति मिल्नेछ ।

तुला : दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । मन खिन्न हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

वृश्चिक : दिन अत्युत्तम छ । यात्राको योग छ । पारिवारिक जीवन रमणीय रहनेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

धनु : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यसम्पादनमा गति थपिनेछ । सहयोग पाइनेछ। दीर्घकालीन कार्ययोजना बन्नेछ ।

मकर : दिन अनुकूल छ । मनमा चिन्ता निकै कम हुने देखिन्छ । बुद्धिवर्धक काम हुनेछ । शरीर पनि स्वस्थ रहनेछ ।

कुम्भ : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधा बढ्नेछ । धैर्य गर्नु पर्नेछ ।

मीन : दिन उत्तम खालको छ । सामाजिक कार्यव्रmमममा सहभागी भइनेछ । दायित्व थपिनेछ। नयाँ कामको अवसर मिल्नेछ । यश पाइनेछ ।