ड्यूटीमा खटिने प्रहरीलाई पनि ‘पीपीई’
प्रकासित मिति : २०७६ चैत्र १६, आईतवार १९:२१
प्रकासित समय : १९:२१
काठमाडौं,ललितपुर प्रहरी परिसरले ड्यूटीमा खटिने प्रहरीलाई पर्सनल पोक्टेटिभ इक्विपमेन्ट (पीपीई) दिने तयारी गरेको छ।
सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा खटिने प्रहरीलाई पीपीई दिने परिसरले जनाएको हाे ।
परिसरका अनुसार ललितपुरको इमाडोलस्थित थ्रेड गार्मेन्टले पीपीई दिएको छ।
परिसरलाई सेनिटाइजेसनका लागि ब्लिचिङ पाउडर स्प्रे पनि प्राप्त भएको जनाएको छ।