चीनमा ४५ जना नयाँ कोरोना संक्रमित, १ मात्र स्थानीय संक्रमण
प्रकासित मिति : २०७६ चैत्र १६, आईतवार १२:४३
प्रकासित समय : १२:४३
चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
यद्यपि, नयाँ संक्रमित मध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक जनामात्र स्थानीय रुपमा संक्रमित बनेका हुन् । यसको साथै चीनमा भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।
८१ हजार ४३९ संक्रमित मध्ये ७५ हजार ४४८ जना बिरामीहरु स्वस्थ बनेर घर फर्किएका छन् । शुरुवातमा चीन महामारीको केन्द्रविन्दु रहेकोमा अहिले अमेरिका र इटालीमा चीनभन्दा बढी संक्रमित फेला परेका छन् ।