कोरोना त्रास : बीपी प्रतिष्ठान पुगे ७७ जना, १६ जनाको रिपोर्ट नेगेटिभ

धरान (सुनसरी), यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना भाइरस हेल्प डेक्समा शनिबारसम्म ७७ जना स्वास्थ्य परीक्षण गर्न आइपुगेका छन्।

परीक्षणमा आएकामध्ये प्रतिष्ठानबाट मात्रै १९ जनाको थ्रोट स्वाबको नमुना टेकु अस्पताल पठाइएको छ। जसमा अहिलेसम्म १६ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ। तीनजनाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए।

अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका कोरोना आशंकित ५ जना शनिबार नै डिस्चार्ज भएका छन्। कोरोना परीक्षणको उद्घाटन पनि मुख्यमन्त्रीले गर्ने केही दिनअघि आइसोलेसन वार्डमा राखिएका चिनियाँ नागरिक पनि शनिबार नै डिस्चार्ज भएका छन्।

अहिले आइसोलेसनमा ३ जना रहेका छन्। प्रतिष्ठानमा आशंका लागेर आएकामध्ये ५ जनालाई धरान उपमहानगरपालिका-१३ स्थित सैनिक आवासीय विद्यालयको क्‍वारेन्टाएइनमा रेफर गरिएको छ। ४ जनालाई मोरङमा नेपाली सेनाले तयार गरेको क्‍वारेनटाइनमा रेफर गरिएको छ। बाँकीलाई सेल्फ होम क्‍वरेनटाइनमा बस्‍न अनुरोध गरिएको प्रतिष्ठानले जनाएको छ।