प्युठानबाट आएका १४ युवायुवतीहरू भालुवाङमा अलपत्र
भालुवाङ, प्युठानबाट दाङको भालुवाङमा पैदल हिडेर आएका १४ जना युवायुवतीहरू अलपत्र परेका छन् । कोरोना भाइरस कोभिड १९ बाट बचाउन सरकारले लकडाउन गरेपछि प्युठानमा घर बनाउने काम गर्न गएका कञ्चनपुरका युवायुवतीहरू अलपत्रमा परेका छन् ।
लकडाउनका कारण सवारीसाधन नपाएपछि प्युठानको जुम्री देखी पैदलयात्रा गरेर दाङ देउखुरीको भालुवाङ्ग सम्म शनिबार बिहान आइपुगेका सुदूरपश्चिम कञ्चनपुरका यी युवा युवतीहरु भालुवाङमा अलपत्रमा परेका हुन् । उनीहरूलाई गन्तव्यमा पुर्याउन इलाका प्रहरी कार्यालय भालुवाङले पहल गरिरहेको छ ।
धनगढी जाने एउटा ट्रकलाई लान अनुरोध गरेको तर नमाने पछि उनीहरू अहिले भालुवाङमै रहेको प्रहरी निरिक्षक गंगा सारूमगरले जानकारी दिएका छन् । उनीहरूलाई बेलुका सम्म गन्तव्यमा पठाइने प्रहरी निरिक्षक सारू मगरले बताएका छन् । पछिल्लो समय यता जिल्लाका विभिन्न ठाउँमा काम विषेशले र मजदुरी गर्न गएका व्यक्तिहरू समस्यामा परेका छन् ।