स्वाव नमुना लिन अर्को जहाज नेपालगन्ज आउँदै
प्रकासित मिति : २०७६ चैत्र १५, शनिबार १४:५३
प्रकासित समय : १४:५३
कोरोना संक्रमितको आशंका गरिएकाको स्वाव नमुना लिन आज बिहान नेपालगन्ज आएको विमान दुर्घटनामा परेपछि नेपाल एयरलाइन्सले अर्को विमान नेपालगन्ज पठाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नमुना लिन गएको विमान दुर्घटनामा परेपछि अर्को विमान पठाउन लागिएको जानकारी दिए ।
पर्यटनमन्त्री भट्टराईले असामान्य अवस्थामा काम गर्ने चालक दलका सदस्य तथा कर्मचारीहरुलाई धन्यवाद समेत दिए नमुना लिन नेपालगञ्ज आएको विमान आज बिहान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएन ।