लकडाउनको समयमा सुपथ मूल्य पसल संचालन
लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि आजदेखी नेपालगन्जमा सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको छ ।
चेम्बर अफ कमर्स बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा के एल दुग्गड ग्रुपद्वारा उत्पादित खाद्य सामग्रीको सुपथ मुल्य पसल वेस्टर्न कमप्लेक्स सुर्खेत रोड धम्बोझिमा संचालन गर्न लागेको वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए ।
पसल बिहान १० देखि १२ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म संचालन हुनेछ ।
सामग्री लिन आउँदा उपभोक्ताले भिडभाड नगर्ने, आवश्यकता भन्दा बढि सामान खरिद नगर्ने, सामान खरिद गर्न आउदा एउटा घरको एक जना मात्र आउने, मास्क र पन्जाको प्रयोग गर्ने, सामग्री लगेर घर पुगिसकेपछी साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने जस्ता विधि अपनाउने पर्ने सुबेदीले जानकारी दिए ।