हिकोले दियो सिसहनियाँ प्रहरीलाई मास्क,ग्लोभ्स र सेनिटाइजर
सिसहनियाँ, दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन प्रहरीलाई मास्क,ग्लोभ्स र हाइन्ड सेनिटाइजर उपलब्ध गराएको छ ।
स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) ले दाङ देउखुरीको राप्ती गाउँपालिका ५ मा रहेको सिसहनियाँ प्रहरी चाैकीलाई १२ पिस मास्क,१डिब्बा ग्लोभ्स र हाइन्ड सेनिटाइजर उपलब्ध गराएको छ ।
चाैकीमा रहेका प्रहरी जवानलाई पुग्ने गरि सो सामाग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न र बचाउन सरकारले लकडाउन लागु गरेपछि सुरक्षाकर्मीले अाफु सँग भएको साधान प्रयोग गरेर सुरक्षा दिइरहेका थिए ।
सामाग्री पाए पछि भाइरस संक्रमण हुन बाट बच्न सकिने चाैकीका प्रमुख तथा प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले बताए । साथै उनले संस्था र अध्यक्ष विष्टलाई धन्यवाद समेत दिएका छन् ।