दाङमा चाैथो दिन लकडाउन उलंघन गर्ने ६३ सवारी साधान प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७६ चैत्र १४, शुक्रबार २१:०३
प्रकासित समय : २१:०३
दाङ। नेपाल सरकारले गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले चाैथो दिनमा ६३ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने ६३ सवारी साधनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
लकडाउनको चाैथो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लकडाउन उलंघन गर्ने ५८ वटा मोटरसाइकल, २ स्कुटर, १ वटा ट्रेक्टर,१ वटा अटो र १ वटा जिप/कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकृत खड्काले बताएका छन् ।
नियन्त्रणमा लिइएको सवारीसाधनलाई लकडाउन अवधी सम्म प्रहरी नियन्त्रणमानै राखिने प्रवक्ता खड्काले बताएका छन् ।