लमही नगरपालिकामा पचास लाखको राहत कोष स्थापना

दाङ,देउखुरी लमही नगरपालिकाले पचास लाखको राहत कोष स्थापना गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा शुक्रबार नगरपालिकामा बसेको बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीलाई व्यवस्थापनको लागि नगरपालिकाको बैठकले नगरपालिकाको तर्फबाट ५० लाखको राहत कोष स्थापना गरेको हो ।

बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीहरुलाई व्यवस्थापनको लागि लमही नगरपालिकाद्धारा स्थापना गरिएको राहत कोषमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको तर्फबाट ३५ हजार, नगर उपप्रमुख देबका बेल्वासेको तर्फबाट ३० हजार जम्मा गर्ने भएको छ ।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलको तर्फबाट २५ हजार, २ का वडाध्यक्ष नेपालु चौधरीको तर्फबाट २५ हजार, ३ का वडाध्यक्ष बाबुराम चौधरीको तर्फबाट २५ हजार, ४ का वडाध्यक्षको तर्फबाट २५ हजार, ५ का वडाध्यक्षको तर्फबाट २५ हजार,६ का वडाध्यक्ष गणेशमान चौधरीको तर्फबाट २५ हजार रकम राअात कोषमा जम्मा गर्ने भएका छन ।

भने ७ का वडाध्यक्षको तर्फबाट २५ हजार, ८ का वडाध्यक्षको तर्फबाट २५ हजार र ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) को तर्फबाट २५ हजार गरि ५० लाखको राहात कोष लमही नगरपालिकाले स्थापना गर्ने निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिएका छन् ।

यस्तै बैठकले चैत्र १३ गते जिल्ला सुरक्षा समितिको बसेको बैठकको निर्णय अनुसार बेल्झुण्डीमा रहेको आइसुलेसनमा राखिएका व्यक्तीलाई खाना खुवाइने लगायतका सामाग्री उपलब्ध गराउनका लागि एक लाख रकम उपलब्ध निर्णय समेत गरेको छ ।

यस्तै राहत कोष खाता संचालन सम्बन्धमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेको संयुक्त दस्तखतबाट संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले लमही नगरपालिका क्षेत्र भित्र राहत सहज रुपमा वितरण गर्ने प्रयोजनका लागि अति विपन्न घर परिवार पहिचान र विदेशबाट आएका व्यक्तीहरुको विवरण संकलनका लागि वडा स्तरीय विपद् व्यवस्थापना समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाई परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिएका छन् ।

लमही नगरपालिकाका प्रवक्त बिमबहादुर केसीका अनुसार नगर क्षेत्रभित्र रहेका संकास्पद व्यक्तीलाई राख्नको लागि ३० बेडको देउखुरी बहुमुखी क्याम्पसको भवनमा क्वारेन्टाइन निर्माण गर्ने बताइएको छ । त्यस्तै  मेडिकल व्यवसायीहरुले पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुल्ला गर्ने निर्णय गरेता पनि अहिलेको यस संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै विहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो ३ बजे देखि बेलुका ७ बजेसम्म पसल खोल्ने औषधी व्यवसायीहरुलाई अनुरोध गर्ने र नगर क्षेत्र भित्र रहेका दैनिक उपभोग सामाग्री बिक्री वितरण गर्ने व्यवसायीयहरुलाई विहान ६ बजे देखि ९ बजेसम्म ३ घण्टा पसल खोल्न अनुरोध गर्ने निर्णय समेत  गरिएको बताइएको छ ।