काेराना स्वास्थ्य सामाग्री बिना बिरामी उपचार गर्दै : स्वास्थ्यकर्मी विष्ट

भालुवाङ, दाङ देउखुरीको सिसहनियाँमा रहेको विष्ट स्वास्थ्य पोलिक्लिनकका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले स्थानीय स्तरमा बनेको अात्म सुरक्षा कवज लगाएर विरामी चेकजाँच गरिरहेका छन् ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को त्रासले अधिकाशं मेडिकल बन्द भएको अवस्थामा पनि सरकारबाट कुनै पनि स्वास्थ्य सामाग्री नपाएपछि स्वास्थ्यकर्मी विष्टले स्थानीय स्तरमा बनेको कवज लगाएर विरामी चेक जाँच गरिरहेका छन् ।

उनले सामान्य विरामीलाई पनि बाहिर सावुनपानीले हात धुन लगाएर हिटरमा हात सेकेर मात्र उपचार गर्ने गरेका छन् । संघिय,प्रदेश र स्थानीय सरकारले पनि कुनै सहयोग गरेको छैन । ज्यानलाई जोखिममा राखेर सेवा गरेका छाै स्वास्थ्यकर्मी विष्टले भने ।

सरकारी अस्पतालले सेवा दिन नसकेको अवस्थामा पनि हामीले सेवा दिएका छाै तर सधैभरि हामीलाई साैतेलो व्यवहार गरिन्छ अझ भएन भने पैसा कमाउनको लागि खोलिएको भन्छन् दुख लाग्छ विष्टले भने यति बेला कोरोनाको त्रासले राप्ती गाउँपालिका भित्रका अधिकाशं मेडिकल बन्द गरेर बसेका छन् तर मैले मेरा सहकर्मी स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरेर सेवामा खटाएको स्वास्थ्यकर्मी विष्टले बताए ।