नेपाली सेना एक्सनमा आएपछि यस्तो देखियो लकडाउन नेपालगन्ज
प्रकासित मिति : २०७६ चैत्र १४, शुक्रबार २२:१९
प्रकासित समय : २२:१९
बाँके, नेपाल सरकारको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना एक्सनमा आएपछि साँझमा हुने नेपालगञ्जको चहलपहलमा कमी आएको छ ।
विहीबारदेखि नेपाली सेना पनि सडकमा आएको छ । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन कार्यान्वयनलाई प्रभावकारी गराउँदै लगेका छन् । दिउँसोको समयमा मानिसहरु घरबाट ननिस्के पनि साँझको समयमा भने बजारमा भीडभाड नै गरेको थियो ।
अत्यावश्यक कामबाहेक पनि मानिसहरु सडकमा आउने क्रम नरोकिएपछि विहीबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई चोकचोकमा परिचालन गर्ने निर्णय गरेको थियो । सेना एक्सनमा आएसँगै विहीबार साँझ नै अनावश्यक सडकमा निस्केका केहीले प्रहरीको भाटा खाएका थिए ।
शुक्रबार साँझ विहीबारको भन्दा पनि मानिसहरुको चहलपहल कम देखियो । प्रहरीले अटेरी गरि सडकमा हिड्नेलाई पक्राउ गरि मुद्दा समेत चलाउने बताएको छ ।