कुनै समस्या परे हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस् : अध्यक्ष डिसी
दाङ, देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर १ ले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड19) को कारण सरकारद्वारा घाेषणा गरिएको लकडाउनले स्थानियमा पर्न जाने समस्यलाई मध्यनजर गर्दै सात सदस्यीय आप्तकालिन विपत व्यवस्थापन समिति गठन गरेको छ ।
समितिले वडामा दैनिक उपभोग्य बस्तुको अभाव भए नभएको जानकारी लिने, खाद्यान्नको अभावमा परेका बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाद्वारा खाद्यान्न उपलब्ध गराउने, वडाबासीको स्वास्थ्य स्थिती बुझ्ने, वडामा प्रवेश गर्ने नयाँ व्यक्तिहरुको पहिचान गरी स्वास्थ्य अवस्था बारे जानकारी लिने, स्वास्थ्यमा केही समस्या भएको पाइएमा स्वास्थ्य जाँचका लागि सिसहनियाँ स्वास्थ चौकीमा पठाउने ।
त्यस्तै राप्ती गाउँपालिकाकाे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया, सर्वाेदय मा.बि सिसहनियाँमा क्वारेन्टाइन र सिसहनिया स्वास्थ चौकीमा आइसुलेसनको व्यवस्था गरिएको छ भने वडाबासीलाई समस्या परेमा समितिका सदस्यहरुलाई सम्पर्क गर्न सकिने समितिका संयाेजक तथा वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भएको छ ।
डिसीले सबै वडाबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु घरमै बसी सरकारले गरेको लकडाउनमा सहयोग गर्नुका साथै साबुन पानीले नियमित रूपमा हात धोइ आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्न अनुरोध गर्नु भएको छ ।
समितिकाे सदस्यहरूमा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, राजनितिककर्मी रत्ना तिवारी, भालुवाङ खानेपानी तथा सरसफाई समितीका अध्यक्ष हस्तबहादुर गुरुङ, अाँपखाेली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर पुन, सञ्चारकर्मी नेत्र खनाल र समाजसेवी डाेमबहादुर गाहामगर रहनु भएको छ ।
लकडाउन अबिधभर कुनै समस्या परे तत्काल अाफूहरूलाई सम्पर्क गर्न अध्यक्ष डिसीले सबैमा अनुराेध समेत गर्नु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ ले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड19) को कारण सरकारद्वारा घाेषणा गरिएको लकडाउनले स्थानियमा पर्न जाने समस्यलाई मध्यनजर गर्दै सात सदस्यीय आप्तकालिन विपत व्यवस्थापन समिति गठन गरेको छ ।
समितिले वडामा दैनिक उपभोग्य बस्तुको अभाव भए नभएको जानकारी लिने, खाद्यान्नको अभावमा परेका बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाद्वारा खाद्यान्न उपलब्ध गराउने, वडाबासीको स्वास्थ्य स्थिती बुझ्ने, वडामा प्रवेश गर्ने नयाँ व्यक्तिहरुको पहिचान गरी स्वास्थ्य अवस्था बारे जानकारी लिने, स्वास्थ्यमा केही समस्या भएको पाइएमा स्वास्थ्य जाँचका लागि सिसहनियाँ स्वास्थ चौकीमा पठाउने ।
त्यस्तै राप्ती गाउँपालिकाकाे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया, सर्वाेदय मा.बि सिसहनियाँमा क्वारेन्टाइन र सिसहनिया स्वास्थ चौकीमा आइसुलेसनको व्यवस्था गरिएको छ भने वडाबासीलाई समस्या परेमा समितिका सदस्यहरुलाई सम्पर्क गर्न सकिने समितिका संयाेजक तथा वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भएको छ ।
डिसीले सबै वडाबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु घरमै बसी सरकारले गरेको लकडाउनमा सहयोग गर्नुका साथै साबुन पानीले नियमित रूपमा हात धोइ आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्न अनुरोध गर्नु भएको छ ।
समितिकाे सदस्यहरूमा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, राजनितिककर्मी रत्ना तिवारी, भालुवाङ खानेपानी तथा सरसफाई समितीका अध्यक्ष हस्तबहादुर गुरुङ, अाँपखाेली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर पुन, सञ्चारकर्मी नेत्र खनाल र समाजसेवी डाेमबहादुर गाहामगर रहनु भएको छ ।
लकडाउन अबिधभर कुनै समस्या परे तत्काल अाफूहरूलाई सम्पर्क गर्न अध्यक्ष डिसीले सबैमा अनुराेध समेत गर्नु भएकाे छ