राप्ती गाउँपालिकाको सवै वडामा जोखिम न्युनीकरण समिति गठन

दाङ,भालुवाङ राप्ती गाउँपालिको सवै वडामा जोखिम न्युनीकरण तथा प्रतिकार्य समिति गठन गरिएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण सरकारद्वारा गरिएको लकडाउनले स्थानीयमा पर्न जाने समस्या प्रति सजक रहदै गाउँपालिका स्तरमा एउटा र ९ वटै वडामा वडा स्तरीय समिति गठन भएको छ ।

जस अनुसार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको संयोजकत्वमा गाउँपालिका स्तरीय जोखिम न्युनीकरण तथा प्रतिकार्य समिति, १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसी,२ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा,३ नम्बर वडा अध्यक्ष चन्दर चौधरी,४ नम्बर वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री,५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत,६ नम्बर वडा अध्यक्ष वेदप्रसाद चौधरी,७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी,८ नम्बर वडा अध्यक्ष गोकर्णबहादुर राना र ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको छुट्टाछुट्टै संयोजकत्वमा वडा स्तरीय समिति गठन गरिएको छ ।

गठित समितिले वडामा दैनिक उपभोग्य बस्तुको अभाव भए नभएको जानकारी लिने, खाद्यान्नको अभावमा परेका बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाद्वारा खाद्यान्न उपलब्ध गराउने ,वडाबासीको स्वास्थ स्थिति बुझ्ने , वडामा प्रवेश गर्ने नयाँ व्यक्तिहरुको पहिचान गरि स्वास्थ अवस्थाबारे जानकारी लिने लगायतको काम गर्ने बताइएको छ ।