नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्दै मुस्लिम समाज

मुस्लिम समाज बाँकेले भोली नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ ।

कोरोना भाईरसका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिने मुस्लिम समाजले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका वडाहरुमा बस्ने मजदुर र असायहरुको लगत संकन गरेर भोलि घर-घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मेराज अहमद हलुवाई हिमालयले बताए ।

देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुलाई साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो बढि रहेको समयमा समाजले सात सय परिवारलाई खाद्यान्न बाड्ने योजना बनाएको हो ।