नेपालगञ्जका मुस्लिमले घरमै नमाज पढ्ने

दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक सुचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ-आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ ।

 

 

संचालक समितिका महासचिव मोहम्मद इरफान सिद्दिकीद्वारा जारी सुचनामा ‘संसारभर फैलिएको कोरोना (कोभिड-१९) जान लेवा भाइरस भएकोले, नेपाल सरकारको भेला, भिडभाड प्रति लगाइएको प्रतिबन्धको निर्णयलाई अवगत गराउदै र समर्थन गर्दै सबैले आ-आफ्नै घरबाट नमाज पढ्न अनुरोध गर्दछौं ।’ भनिएको छ ।