नेपालगन्ज नाकमा १६ यात्रु अलपत्र

कोरोना भाईरसका कारण बन्द नेपालगन्ज नाकबाट अलपत्र नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन । भारतबाट नेपालतर्फ आउँदै गरेका १६ जना नेपालीहरु दुई दिनदेखी नाकामा अलपत्र परेका छन । यद्यपी उनिहरुको उद्दारमा स्थानीय प्रशासन मुकदर्शक बनेको छ ।

सिना नाकामा राखिएको टेन्टमा बस्दै आएका उनिहरुले न राम्रोसँग खान पाएका छन न त सुत्न नै। त्रिपालमुनि बस्दै आएका उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइन गर्न सकिने भएपनि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले अहिलेसम्म केही चासो देखाएका छैनन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का माथिको आदेश विना केही गर्न नसक्ने बताउँछन भने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सिडिओको अनुमति विना केही गर्न नसक्ने बताउँदै आएकी छन ।

स्थानीय प्रशासन र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण थप जोखिम बढ्दै गएको छ । नाकादेखि करिव तीन किलोमिटर दूरीमा क्यारेन्टाइन रहेपनि चार महिने दुधे बालकसहित १६ जनाले सिमानाकामै कष्टकर दैनिकी गुजारीरहेका छन ।

दुईदिनदेखी भोकै रहेका उनिहरुलाई बिहिबार ५ नं। प्रदेश संसद कृष्णा केसी नमुनाको पहलमा खाना खुवाईएको छ । भारत गुजरातबाट नेपाल फर्किएका उनिहरुलाई बिहानको खाना खुवाईएको हो ।