कोरोना सम्बन्धि खजुरामा आकस्मीक बैठक
बाँके ,खजुराका चार जनालाई कोरोना संक्रमणको परिक्षणकालागि क्वारेन्टाईनमा राखिएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको मैटहवा माविमा गाँउपालिकाले क्वारेन्टाईन सचालमा ल्याए लगत्तै ४ जनालाई राखिएको हो ।
क्वारेन्टाइनमा बस्ने मानिसहरुके सँख्या बढ्न थालेपछि खजुरा गाउँ कार्यपालिकाको आकस्मीक बैठक बसेको छ । बैठकले क्वारेन्टाइन चुस्त दुरुस्त सन्चालन गर्नका लागी स्वास्थकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको छ । क्वारेन्टाइनमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन देखी विरामीहरुको सुरक्षालाई विषेश ख्याल गर्न समेत बैठकले सम्बद्धहरुलाई निर्देशन दिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता रहेकाहरुलाई साझ विहान खानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ । बैठकमा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विपतको बेला जनप्रतिनिधिहरुले जनताको जिउधनको सुरक्षाको लागी खुलेर लाग्न र समन्वयकारी भुमिका निर्वाह गर्न निर्देशन दिए । कक्षपतिले सरकारले घोषणा गरेको लकडाउनलाई सबै जनताले पुर्ण पालना गर्न आग्रह समेत गरेका थिए ।
बैठकमा उप प्रमुख एकमाया विक, प्रमुख प्रसासकिय अधिकृत बम बहादुर केसी, राजनितिक सल्लाहकार भिम वली, विभिन्न राजनितिकदलका प्रतिनिधि, स्वास्थ शाखाका प्रमुख पुर्ण खड्का, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख पोषणराज थपलियाले हालसम्म भए गरेका प्रगतिको जानकारी गराएका थिए । बैठकले क्वारेन्टाइनमा आवश्यक सुरक्षाकर्मि माग गर्ने निर्णय समेत गरेको छ ।