पन्चदेवल विनायक नगरपालिकामा ७ शैयाको क्वारेन्टाईन स्थापना

अछाम,पन्चदेवल विनायक नगरपालिका ३ मा रहेको पन्चदेवल क्याम्पसमा कोरोनाको सचेतनाका लागि सात शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही,पन्चदेवल विनायक नगरपालिका रोजगार सँयोजक भरतराज अधिकारी,स्वास्थ्य शाखा सँयोजक लक्ष्मिकान्त बजगाँई,सुरक्षाकर्मी,पत्रकार लगायतको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको हो ।

कुनै व्यक्तिमा अन्य मुलु्कबाट आएको भेटिएमा क्वारेन्टाईन र कोरोना भएको व्यक्ति संक्रमण तथा जोखिम भए तत्काल आईसोलेसनमा राखिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माझीले बताएका छन ।

सँक्रमित व्यक्ति बढेपछि थप्न सकिने गरी हाललाई नगरपालिकाले पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेको विनायक स्वास्थ्य चौकी र वडा नम्बर ४ कालिकास्थानमा रहेको कुच्चि स्वास्थ्य चौकीमा ७ शैयाको आईसोलेसनको समेत व्यवस्था गरेको छ ।