लकडाउन उल्लङ्घन गर्ने तीनसय सवारी साधन नियन्त्रणमा

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

बुधबार लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका तीन सय दुई सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाईबुझाई गरी घरतर्फ नै फर्काइएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।