लकडाउनको समयमा रक्सी पसल खोलेपछि पक्राउ

काठमाडौं , चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोलेको भन्दै एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।