लकडाउनको समयमा खाद्यान्नका लागि भाटभटेनी खुल्ला
लकडाउनको समयमा सर्वसाधारणलाई खाद्यान्न लगाएत अत्यावश्यक वस्तुको अभाव हुन नदिन नेपालगन्जको भाटभटेनी सुपर मार्केट्ले खाद्यान्न पसल सुचारु गरेको छ ।
भाटभटेनी नेपालगन्जका प्रबन्धक बिनोद भट्टराईले बाँके प्रशासनको समन्वयमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको सहजताका लागि खुल्ला गरिएको बताए ।
यता, दैनिक उपभोग्य वस्तुहरु उपभोक्तालाई सहजै उपलब्ध गराउनका लागि त्यसता बिक्रेतालाई पसल संचालन गर्न आग्रह गरिएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले बताएका छन । तर, दिनभर त्यस्ता पसलहरु खुलेको पाइएको छैन ।
‘खाद्यान्न लगाएतका दैनिक उपभोग्य वस्तु खरिद गर्न उपभोक्ता जतिबेला पनि पसलसम्म जान पाउने र त्यसता पसलका संचालकलाई जतिबेला पनि पसल संचालनमा ल्याउन आग्रह गरेको छु ।’ – प्रजिअ खड्काले भने ।
नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले उपभोक्ताको मागलाई मध्येनजर गर्दै हिजो बेलुका खाद्यान्न लगाएतका पसलहरु संचालनमा ल्याइएको बताए । उनले अत्यावश्यक वस्तुको पसलहरु दिनभर खुल्ला गर्नका लागि प्रहरी प्रशासनसङ्गको समन्वय आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको उनले जानकारी दिए ।
उपभोक्ताहरु किनमेलमा पसल जादा मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, सामान किन्दा तीन मिटरको दुरी कायम गर्ने जस्ता विधि अपनाउन जरुरी देखिन्छ ।