भारतमा कोरोना संक्रमित मध्य ४८ जना निको भए

भारत,छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् ।

भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको बताईएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको हो । देशबासिका नाममा मंगलबार साँझ सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका थिए ।