भारतबाट आएका एकजनाको मृत्यु : क्वारेन्टाइनमा बस्न परिवारले मानेन !

गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ ।

वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका जानकारी दिदै बिकलाई पहिलेदेखि नै दमको समस्या भएको बताए । घरका व्यक्तिलाई सेल्फक्वारेन्टाइनमा बस्न आग्रह गरे पनि कसैले पनि नमानेको उनले जानकारी दिए ।

भारतबाट आएका अन्यले पनि क्वारेन्टाइनमा बस्न अस्विकार गरेका छन् । उनले भीरबारीमा मात्र ५ जना भारतबाट आएका जानकारी दिए । मालिका गाउँपालिका-६ का वडाध्यक्ष शोभाखर गिरीले आइसोलेसकनमा बस्ने ठाउँको पनि अभाव रहेको बताए । यो समाचार नागरिक खबरले प्रकाशित गरेको छ ।