फ्रान्सबाट बाँके आएका नेपाली आए सम्पर्कमा

फ्रान्सबाट नेपाल आएका ३ जना ब्यक्तिको पहिचान खुलेको छ ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो ।

सोही बिमानमा नेपाल आएका बाँकेका ३ जनाको पहिचान खुलेको हो । जसमध्ये एक जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले एक जना सम्पर्कमा आईसकेको र अन्य दुई जनाको पनि पहिचान खुलीसकेको बताए ।

एक जनालाई महेन्द्र बहुमुखी क्याम्पस भित्र रहेको क्वारेन्टाईनमा राखिएको सिंहले बताए । अन्य दुई जनालाई लिन प्रहरी परिचालन गरीएको उनले बताए ।

केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउदा तिन जना बाँकेकै रहेको पुष्टि भएपनि एक जनाको ठेगाना खुल्न सकेको छैन । यद्यपी उनी बर्दियाको हुनसक्ने प्रहरीको दावी छ ।