किशाेरिलाइ जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
प्रकासित मिति : २०७६ चैत्र १२, बुधबार १३:१९
प्रकासित समय : १३:१९
काठमाडौं , १७ वर्षीया किशाेरिलाइ जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।