लकडाउनको अटेरी गरे पक्राउ गर्छौ -प्रहरी निरिक्षक सारू
सिसहनियाँ,इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अति आवश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन बमोजिम पक्राउ गरि कडा कारवाही गरिने बताएका हुन् ।
कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले मंगलबार विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ सम्म देशलाई लकडाउन गरेपछि भालुवाङ प्रहरीले सुरक्षा व्यवस्थालाई थप बजबुद बनाएको छ । प्रहरी निरिक्षक सारूका अनुसार भालुवाङ प्रहरीले प्युठान रोड,राप्ती पुल,लालमटिया,मसुरीया,मौरीघाट र सिसहनियाँ बजार क्षेत्रमा गरी करिव ५० जना नेपाल प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै सिसहनियाँ प्रहरीले पनि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले अटेरी गरि पसल खोल्ने,अत्यावश्यक गाडी बाहेक अन्य गाडी चलाउनेलाई नियन्त्रणमा लिने बताएका छन् । यता सर्वधारणले भने लकडाउनको उंलघन गरि हिडिरेको देख्न सकिन्छ भने निजी गाडी,अटो र मोटरसाइकल समेत लकडाउनको उलंघन गरेर चलाइरहेको देखिएको छ । भने बजार क्षेत्र भने अत्यावश्यक वाहेक सवै पसल पुर्णरूपमा बन्द भएका छन् । बजार बन्द भएपछि बजार क्षेत्र सुनसान रहेको छ ।