भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो
प्रकासित मिति : २०७६ चैत्र ११, मंगलवार १०:५२
प्रकासित समय : १०:५२
भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ ।
बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको थियो । त्यसै दिन पटनामा ३८ वर्षका बिरामी र गुजरातको सुरतमा ६७ वर्षका वृद्धको मृत्यु भयो ।
सुरतमा जुन वृद्धको मृत्यु भयो उनी दमका बिरामी थिए । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यस्तै, कांगडा जिल्लामा सोमबार बिहान अमेरिकाबाट फर्किएका एक वृद्धको अस्पतालमा मृत्यु भएको छ । मृत्युपछि परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण भएको पत्ता लाग्यो ।
उच्च ज्वरो र रुघा खोकी लागेपछि उनलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि बंगालमा भाइरसबाट संक्रमित ५७ वर्षका व्यक्तिको पनि मृत्यु भएको थियो ।