बाँके प्रशासनले मंगलबारदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण गर्न जनता कर्फ्यु लगाउनुपरेको बताए । जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएकाले सबैलाई घरभित्रै सुरक्षित बस्न समेत खड्काले आग्रह गरेका छन । खड्काका अनुसार अर्को आदेश जारी नभएसम्म बाँके जिल्लाभर जनता कर्फ्यु लागु हुनेछ ।

विश्वबयापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम कम गर्ने भन्दै यसअघि नेपालगन्ज र कोहलपुरलाई लकडाउन गरीएको थियो । यद्यपी लकडाउनको समयमा समेत सवारी साधन तथा स्थानियको चहलपहल कम नभएपछि जनता कर्फ्यु लगाउने निर्णय गरीएको हो ।