कोरोनामुक्त नहुँदासम्म आक्रमक कारबाही बन्द गर्ने विप्लवको घोषणा
प्रकासित मिति : २०७६ चैत्र १०, सोमबार १७:०७
प्रकासित समय : १७:०७
काठमाडौं , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ ।
सोमबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।
उनले आफ्नो नेता–कार्यकर्तालाई पनि कोरोना महामारीविरुद्धको अभियानमा लाग्न निर्देशन दिएका छन् ।