क्वारेनटाइनमा राखेका मान्छे भागेपछि ….
प्रकासित मिति : २०७६ चैत्र १०, सोमबार २०:४५
प्रकासित समय : २०:४५
नेपालगन्ज नाकाबाट उद्धार गरेर क्वारेनटाईनमा राखिएका ब्यक्तिहरु भागेका छन ।
सोमबार बिहान जमुनाहबाट उद्धार गरिएका ५ सय ५३ जना नेपालीलाई महेन्द्र क्याम्पस भित्रको क्वारेन्टाईनमा राखिएको थियो । केही समय क्वारेन्टाईनमा राखेर सबैलाई आ-आफ्नो जिल्ला पठाउने तयारी भईरहेका बेला उनिहरु भागेका हुन ।
भाग्नेमा अधिकाशं युवा समुहका रहेका छन । क्याम्पस पछाडीको पर्खाल नाघेर भागेका बाहेक अन्य अहिलेपनि क्वारेन्टाईनमा बसिरहेका छन ।
सिमा नाका बन्द भएपछि नेपालगन्ज पुगेका करिब ५ सय बढि नेपाली नागरीकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले सोमबार उद्धार गरेको थियो । उद्धार गरेलगत्तै नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुर्याईएकामध्ये अधिकाशं फरार भएका छन ।