कोरोनाको परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता

अमेरिका, कोरोना भाइरसका कारण विश्वमा १४ हजार ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ३८ हजारमा संक्रमण  देखिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो भएका कारण मानिसमा रोग पहिचानलाई लिएर त्रास उत्पन्न भएको छ । त्यस्तै कोरोना संक्रमण परीक्षणमा ढिलाइ र लाग्ने समयका कारण भाइरस तिव्र गतिमा फैलिरहेको छ ।कोरोना भाइरस विरुद्धको औषधि र भ्याक्सिन पत्तालगाउन लागि वैज्ञानिकहरु लागिरहेका छन् तर सम्भव भइसकेको छैन ।यसैबीच कोरोना संक्रमणको परीक्षणलाई चाँडो गर्न अमेरिकाले नयाँ तरीका निकालेको छ ।

कोरोनाको प्रकोप बढेपछि अमेरिकाको खाद्य तथा औषधि विभाग(एफडी) ले एक घन्टा भन्दा थोरै समयमा संक्रमण रहेको छ वा छैन पत्ता लगाउन अनुमति दिएको छ ।एफडीले ४५ मिनेटमा कोरोनाभाइरसको परीक्षण विधी उपयोग गर्न अनुमति दिएको हो । कोरोनाको संक्रमण छ वा छैन भन्ने नतिजा आउन अहिले केही घन्टा लाग्ने गरेको छ ।यो परीक्षण विधिलाई सेफेड भन्ने कम्पनीले पत्ता लगाएको हो र उसलाई एफडीले स्वीकृति दिएको छ ।यससँगै अमेरिकाको क्यालिफोर्निया बाहेकका राज्यमा यस प्रविधिलाई पु¥याउने काम भइरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।