आजदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं , सरकारले आजदेखि लामो दूरीका सवारी साधान सञ्चालनका रोक लगाएको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने तथा अन्य एक शहरबाट अर्को शहर आउजाउ गर्ने सबै सार्वजानिक सवारी साधानमा रोक लगाइएको हो।

एक जिल्लाबाट अर्कौ जिल्लामा समेत सवारी आवागमनमा रोक लगाइएको यातायात ब्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

यसैबिच निजी सवारी साधन तथा मोटरसाइकल र स्कुटर लामो दुरीमा पनि चल्न पाउनेछ। काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा भने सार्वजनिक यातायातमा चलाउन पाइने महानिर्देशक हमालले बताए।