बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामाआइतबार साँझ बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ ।दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले पुष्टि गरेका हुन् ।

उनका अनुसार उद्धार गरिएका १० जनामध्ये ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको छ।बससडकबाट झण्डै सय मिटर तल खसेको जनाइएको छ । मृतकको सनाखत हुन सकेको छैन।\