कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित
प्रकासित मिति : २०७६ चैत्र ९, आईतवार ०९:०५
प्रकासित समय : ०९:०५
काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो ।
भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ सय नाघेको हो ।
उपचारारत ६ सय २९ जनामध्ये केही मानिसको अवस्था गम्भीर छ । १३ जना भने निको भएर घर फर्किएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।