बहराइनमा तीन नेपालीमा कोरोना संक्रमणको पुष्टि

मनामाह,बहराइनमा तीन नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ ।

त्यसबाहेक एक महिलासहित अरु ३ जनालाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका हुन् । बहराइनमा हालसम्म ३ सय १० जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।