नेपालमा कोराना संक्रमितको संख्या दुई पुग्यो
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ ।
आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।
यस अघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट फर्किएका ती नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
स्थानीय व्यापारी रुङ्गटाको भने भारतस्थित पटना मेडिकल कलेजमा उपचार भइरहेको छ । केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । उक्त मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।