जाजरकोटमा प्रहरीले बनायो क्वारेन्टाइन
प्रकासित मिति : २०७६ चैत्र ९, आईतवार १९:१२
प्रकासित समय : १९:१२
जाजरकोट , जिल्ला प्रहरी कार्यालय जाजरकोटले कोरोना कोभिड–१९ को जोखिममा परेका बिरामीलाई राख्न क्वारेन्टाइन निर्माण गरेको छ।
जसका लागि पाँच बटा क्वारेन्टाइन निर्माण गरिएको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। कार्यालयको हाताभित्र अस्थायी रूपमा पाँच वटा क्वारेन्टाइन निर्माण गरिनुका साथै कार्यालयमा सेवाग्रहीलाई साबुनपानीले हात धोएर मात्र सेवा लिने व्यवस्था मिलाएको उनले बताए।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक महेशकुमार आचार्यको नेतृत्वमा २५ जना प्रहरी तयारी हालतमा राखिएको छ। स्वास्थ्य सेवा कार्यालयमा ४० वार्डको बेड तयार भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिए।